काठमाण्डौ, ०९ पुष । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक भोलि शनिवार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । शनिवार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवम् सदस्यलाई ुनिर्वाचित भएको प्रमाणपत्रु वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो ।…