कपिलबस्तु नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेमाथि गोली प्रहार गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार राति पाण्डेमाथि गोली प्रहार गर्ने घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं. २ बस्ने बर्ष ३३ का साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको…