काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशनको बिहीबारदेखि नै अन्त्य गर्नुभएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय र सिफारिश भए बमोजिम राष्ट्रपतिले अधिवेशनको अन्त्य गरिएको राष्ट्रपति कार्यालयद्वारा संसद सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ ।सरकारले संसदको वर्षे अधिवेशन आज बिहीबार साँझदेखि अन्त्य गर्ने निर्णय गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले…