काठमाडौं २७ कार्तिक । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारी तीब्र पारेको छ। सोही अनुरुप भोलि आइतवार देशैभर टोल भेलाको आयोजना गर्ने भएको छ।'भोलि देशैभर टोल भेला हुन्छन्। मंसिर ४ गते वडा अधिवेशन गरी सबै वडामा नयाँ कमिटी आउँछन्,' माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम प्रसाद ढकालले भने।यसैबीच सम्मेलनको तयारी स्वरुप माओवादी केन्द्रले शुक्रबार केन्द्रीय सदस्यको भर्चुअल बैठक…