ललितपुर २२ कार्तिक । यस वर्षको तिहार पर्वमा १५ करोड २० लाख रुपैयाँ बराबरको माला बिक्री भएको छ । फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अनुसार तिहारमा नेपालमै उत्पादन भएका १५ करोड २० लाख ७५ हजार रुपैयाँको माला बिक्री भएको हो । यसमध्ये सयपत्री फूलका १८ लाख १५ हजार वटा माला १२ करोड ५० लाख रुपैयाँमा कारोबार…