भैरहवा २१ असार ।४ वर्ष अघिको ट्रंकलाइन विद्युत महशुल बुझाउन नेपाल विद्युत प्राधिकरणले ताकेता गरेपछि रुपन्देहीका उद्योगी गम्भीर समस्यामा परेको बताएका छन् । भैरहवामा रहेको पञ्चकन्या करिडोरका उद्योगीलाई लगाएको ट्रंकलाईन महशुलको विवाद अझै टुगिंएको छैन । विगतका वर्षहरुमा पनि नसुल्झिएको समस्या र कोरोना महामारीको चपेटामा परेका उद्योगलाई असार मसान्तसम्म पुरानो ट्रंकलाइन महशुल भुक्तानी गर्न ताकेता…