पर्यटन

मन्त्री श्रेष्ठले घोषणा गर्दै : कपिलवस्तु पूर्ण खोप जिल्ला हुने अन्तिम चरणमा



कपिलवस्तु २० असार । लामो प्रयासपछि कपिलवस्तु पुर्ण खोप जिल्ला हुने भएको छ । जिल्लामा रहेको १६ देखि २२ महिनाका सबै बालबालिकाहरु खोपको पहुचमा पुगे पछि आउने असार २३ गते कपिलवस्तु पुर्ण खोप जिल्ला घोषणा हुने निश्तित भएको हो । लुम्बिनी प्रदेशको १० औ र नेपालको ६०औ जिल्लाकारुपमा कपिलवस्तु पुर्ण खोप हुन घोषणा हुन लागेको हो । 

जिल्ला खोप समन्वय समितिको  सिफारिसलाई प्रदेश खोप समन्वय समिति हुदै स्वास्थ्य मन्त्रालयले समेत स्विकृत गरे पछि कपिलवस्तु पुर्ण खोप हुन लागेको हो । स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले जिल्लाका १० वटै पालिका पुर्ण खोप सुनिश्चित घोषणा भए लगत्तै कपिलवस्तु पुर्ण खोप जिल्ला घोषण हुन लागेको बताउनुभएको छ । बिभिन्न १२ वटा रोग बिरुद्ध २ बर्ष मुनीका बालबालिकाहरुलाई खोप लागेका छ । 

खोपका पहुच बालबालिका सम्म पुगेको पाण्डेयले बताउनुभयो । जिल्लामा १६ देखि २३ महिना सम्मका ६ हजार ७३९ जनालाई खोप लगाई सकिएको छ । यस्तै २ बर्षमुनीका २६ हजार ९५४ जनालाई समेत बिभिन्न १२ वटा रोग बिरुद्ध खोप लगाई सकिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीलीले बताउनुभयो । एक बर्ष देखिको लामो प्रयास पछि कपिलवस्तु पुर्णखोप जिल्ला हुन लागेका उहाको भनाई रहेको छ । स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यातमा असार २३ गते कपिलवस्तु नगरपालिको सभा हलमो पुर्ण खोप घोषणाको कार्यक्रम रहेको उहाले बताउनुभयो । 

प्रकाशित : २० असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६