अछाम, १५ कात्तिक१४ दिनदेखि अज्ञात रहेका अछामका एक पुरुषको शव भेटिएको छ । कमलबजार नगरपालिका-५ कुईका ३४ वर्षीय रेशमराज तिमिल्सैनाको शव साेमबार भेटिएको हो । १४ दिनसम्म नेपाल प्रहरीको सबै संयन्त्र लगाएर खोजी कार्य गरिए पनि तिमिल्सैनाको अवस्था अज्ञात थियो ।गएको २ कात्तिकमा गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सैनाको शव १४ दिनपछि गैरिटाँड बजार नजिकैको बाँसको झाडीमा भेटिएको हो । अहिले…