काठमाडौं ६ चैत्र । मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत सेवाग्राहीसँग घुस लिएको आरोपमा बिहीबार पक्राउ परेका छन् ।अख्तियारको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई सेवा ग्राहीसँग २४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले अनलाइनखबरलाई जानकारी दिनु भयो ।जग्गाको कित्ताकाटका लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग…