जीवनशैली

पुराना कमिटी देशभर ब्यूताउने राष्ट्रिय भेलाको निर्णय,पार्टी फुटाउने कल्पना पनि छैन:नेपाल



काठमाडौं ५  चैत्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् ।बुधबारदेखि सुरु भएको राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्छौं ।’पार्टी नेतृत्वले कारबाही गर्ने चेतावनी लिएकोतर्फ संकेत गर्दै नेता नेपालले स्थानीय तहका जनप्रतिनिधिहरुको पद खोस्न सम्भव नभएको बताए । 

स्वयं व्यक्तिले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा मात्र पद जाने भन्दै उनले अघि भने, ‘हटाउने हो भने हामीलाई हटाउने हो । हटाओस्, हामी तयार छौं ।’तर यो पनि त्यति सजिलो नभएको उनले बताए । आफूहरु जस्तो सुकै चुनौती सामना गर्न तयार रहेको भन्दै नेता नेपालले भने, ‘हामी जे त्याग गर्न पनि तयार छौं ।

’यता नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेला गरेको यो समूहले सर्वोच्च अदालतको आदेश अनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने बताएको हो ।भेलाको अन्तिम दिन बिहीबार भेलामा सहभागीहरुलाई सम्बोधन गर्दै उपमहासचिव घनश्याम भुसालले भने, ‘अब जन संगठन र पार्टी कमिटी जेठ २ कै अवस्थामा ब्युँताउँछौं ।’

पार्टीको धेरै कमिटीमा आफूहरुको नेतृत्व भएपनि केहीमा हारेको भन्दै उनले त्यस्ता कमिटीमा भएका आफ्नो पक्षका नेताकै संयोजकत्वमा कमिटी बनाउने बताए । उनले अघि भने, ‘हामी अधिकारिक हौं, उनीहरु समानान्तर हुन, गुटबन्दी हुन् ।’यसरी एकाध महिना काम गर्ने हो भने एमाले पार्टीलाई बचाउन सक्ने र ओलीवाद हार्ने उनले बताए ।नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे विशेष प्रस्ताव पास गरेको छ । 

त्यसको निष्कर्ष पनि २ जेठ २०७५ सम्म कायम भएका पार्टी कमिटी, जनवर्गीय पेशागत कमिटी, केन्द्रीय विभाग र सम्पर्क मञ्च लगायतका सबै कमिटीलाई सक्रिय बनाउनु रहेको भन्दै सचिव योगेश भट्टराईले भने, ‘केपी ओली समूहबाट त्यसमाथि षड्यन्त्र हुँदैछ, हामी त्यो कमिटीको बदलामा बनाइएका कुनै पनि संरचना स्वीकार गर्दैनौं ।’भेलाले ‘जनताको बहुदलीय जनवादलाई रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने’ नवौं महाधिवेशनको कार्यदिशालाई पक्रिने र देशभर पार्टीका भेला, बैठक, प्रशिक्षण सञ्चालन गर्ने निर्णय समेत गरेको सचिव भट्टराईले जानकारी दिए ।

प्रकाशित : ५ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६