जीवनशैली

कहाँवाट आयो फेरी तराई टाइगर्स ?



भैरहवा ६ चैत । तराई मधेश जनता पार्टी (टाइगर्स) ले सरकारसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयन लागि सरकारसँग अपिल गरेको छ । नेपाल सरकारको आग्रह अनुसार वार्ताबाट शान्ती प्रक्रियामा आए पनि सरकारले गरेको सम्झौता कार्यान्वयन नभए पछि पार्टीले भैरहवामा पत्रकार सम्मेलन गरी चैत्रभित्र कार्यान्वयन गर्न माग गरेको हो ।‘पार्टीले विगतमा भएको ११ बुँदे सम्झौता कार्यान्वयन गर्न पटक पटक ज्ञापन पत्र बुझाए पनि अहिले सम्म कुनै बुदा कार्यान्वयन भएको छैन । हाम्रो पार्टीका नेता कार्यकर्ता अझै पनि जेलमै छन, शहिद परिवारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन् ।’

पार्टीका केन्द्रीय सचिव मेजर पाण्डेले भने । सरकारसँग भएको सम्झौता अनुसार आफूहरुले मधेशमा शान्तिपूर्ण ढङ्गले राजनीति अगाडि बढाई दर्ता गरेर प्रत्यक्ष राजनीतिमा आउन खोजे पनि सम्झौता कार्यान्वयन नहुँदा समस्या भएको बताए । ुकरिब एक दर्जन बढि कार्यकर्ता अझै हिरासतमा छन्, रिहा नभएकाले यथाशिघ्र रिहाइको माग गर्दै आफूहरुले मधेशमा शान्तिपूर्ण ढंगले राजनीति अगाडि बढाउन खोजेका छौ  मेजरले भने । त्यस्तै नेता कार्यकर्तामाथि विचाराधीन मुद्दा भएको भए नचलाउन समेत सो पार्टीले सरकारलाई आग्रह गरेको छ ।

सम्झौतामा उल्लेख भए अनुसार हामीले एकपक्षिय रुपमा उक्त सम्झौताको पूर्ण कार्यान्वयन गर्‍यौं तर सरकार सम्झौता कार्यान्वयनमा चुकेको महशुश गरेका छौं, मेजरले भने । यसका साथै पार्टीले मेचीदेखि महाकालीसम्म गर्ने कार्यक्रममा सरकारले शान्ति सुरक्षाको लागि गृह मन्त्रालयबाट लिखित प्रमाण समेत माग गरेको छ । २०७१र०७२ सालमा आफूसँग भएको एक सय ३२ वटा हतियार प्रहरीलाई बुझाएको दावी गरेको छ । 

उनले तराई मधेश र मुलुकको आर्थिक सम्बृद्धिलाई केन्द्रमा राखि पार्टीले संघ र प्रदेशमा राजनीतिक सभा, समारोह तथा संगठन निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने केन्द्रिय समितीको निर्णय बमोजिम आफूहरु भूमिगत जीवन बाट खुला रुपमा बाहिर निस्केको बताए । ुहाम्रा कतिपय कार्यकर्तामाथि अझै पनि मुद्दा लागेको छ, फरार सुचिमा रहेका उनीहरु शान्तिपूर्ण रुपमा बस्न नपाएर देशबाहिर रहेका छन्,ु उनले भने । चैत्र मसान्त भित्र सम्झौता अनुसारको माग सम्बोधन नभए संघर्स र शान्ति पूर्ण आन्दोलनमा जाने सचिव पाण्डे बताए । 

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६