बुटवल १३ चैत ।मुख्यमन्त्री शंकर पोखरेलले खर्च हुन नसक्ने बजेट शीर्षक र रकमको विवरण दुई साताभित्र पेश गर्न मन्त्रालयहरुलाई निर्देशन दिनुभएको छ ।प्रदेश विकास समस्या समाधान समितिको बैठक एंव दोश्रो चौमासिक प्रगति समीक्षा बैठक समापनमा आज बोल्दै उहाँले खर्च गर्न नसक्ने शीर्षकको बजेट काम भएर रकम अभाव भएका कार्यक्रममा खर्च गर्ने गरी अघि बढ्ने बताउनुभयो…