चितवन ८ चैत्र । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका-१३ उजेलीनगर घर भएर त्यही ठाउँको गङ्गानगरमा भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः ०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै ज्यान गएको हो…