जीवनशैली

थारु कल्याणकारी सभा कपिलवस्तुमा नयाँ नेतृत्व



कपिलवस्तु ८ चैत। कपिलबस्तु नगरपालिकामा थारु कल्याणकारीणी सभाको नगर कार्य समिति गठन भएको छ।नब गठित पदाधिकारीहरुमा सभापतिमा राममिलन थारु उपसभापतिहरुमा पु्ष्पा थारु , खोजु थारु,सुमारी थारु यस्तै सचिबमा अर्जुन थारु, सहसचिबमा केशबराज थारु र कोषाध्यक्षमा तौलेश्वार थारु सहित ६ जना सदस्य पदमा र्निबिरोध चयन भएका छन् ।

थारु कल्यणकारीणी सभाका जिल्ला कार्य समितिका सभापति उमा शंकर थारुको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु जञ्जिर प्रसाद थारु, सुमित्रा कुमारी थारु ,केन्द्रिय पारषद नगेन्द्र रौतार, वडा नं. १० का वडा अध्यक्ष  मोहनलाल शर्मा, था.क.स. बाणगंगा नगर कार्य समितिका अध्यक्ष भग्गु प्रसाद थारु लगायतले बोल्दै थारु समुदायले हक अधिकारको लागि स्यंम आफै अग्रसर हुनु पर्ने बताउनु भयो ।

साथै उहाहरुले नव गठित कार्य समितिलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भयो । थारु काल्यणकरीणी सभाका जिल्ला उपसभापति छेदी थारुको को स्वागत रहेको कार्यक्रम थाकस बाणगंगा नगरका सह सचिब सिर्जना थारुको सञ्चालनमा सम्पन्न भएको थियो ।  

प्रकाशित : ८ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६