कपिलवस्तु २७ असार । कपिलवस्तु सदरमुकामा तौलिहवामा स्वास्थ्य मापदण्डको खिल्ली उड्दै गएकोछ । स्थानीय ब्यापारीहरुमा मास्क लगाउने भेटाउनै गाह्रो भएको छ । प्रेसपाटीलाई प्राप्त विवरण अनुसार नगरपालिका–१, चोक बजारका एक फेन्सी पसले मास्क नलगाई ग्राहकसँग कुराकानी गर्दै सामान बेच्दै थिए । ग्राहक पनि बिनामास्क थिए । यस्तै तौलिहवा बजारको गौढी चोकमा तरकारी बेच्न बसेकी महिलाले पनि मास्क लगाएकी…