काठमाडौ १६ चैत्र । केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ। हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ।‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले…