प्रदेश

पितावाटै वलात्कृतले जन्माइन छोरो



गुल्मी १६ चैत ।  गुल्मीमा आफ्नै पिताबाट बलात्कृत भइ गर्भधारण गरेकी किशोरीले छोरा जन्माएकी छन् ।बाग्लुङको निसीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा धामी काम गर्दै आएका अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार गर्दै आएको तथ्य हालै प्रकाशमा आएको हो ।

पीडित बालिकाकै आमाले दिएको जाहेरीका अनुसार प्रहरीले बलात्कारमा संलग्न पितालाई शुक्रबार नियन्त्रणमा लिएको छ ।आइतबार पीडित किशोरीले स्थानीय अस्पतालमा छोरा जन्माएकी हुन् । शिशु र आमाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग संकलनका लागि रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष भरत भलामी, वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष नारायण बराल ९सुनार० ले पहल गरिरहेका छन् ।

प्रकाशित : १६ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६