कपिलवस्तु १८पुस ।कपिलवस्तुको तौलिहवामा स्वर्गिय प्रमोदराज शर्मा स्मृती पत्रकारिता पुरस्कार बितरण गरिएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले हरेक बर्ष बितरण गर्ने पुरस्कार जिल्लाका दुई सञ्चारकर्मीलाई दिईएको हो । साहित्यकार हरिराज शर्मा (हराश) का स्वर्गिय छोरा प्रमोदराज शर्माको स्मृतीमा युनियनले राखेको अक्षयकोषबाट जनही ५ हजार ५ सय ५५ रुपैया राशीको पुरस्कार बितरण गरिएको थियो । …