कपिलवस्तु २४ पुस ।लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले कपिलबस्तुमा लुम्बिनी बौद्ध विश्व विद्यालयको सम्बन्धमा कृषि क्याम्पस शिघ्र संचालन गर्नुपर्ने बताउनु भएको छ । उहाले लुम्बिनी बौद्ध विश्व विद्यालयले कपिलबस्तुको बाणगंगामा राखेको शैक्षिक कार्यक्रम सम्बन्धी अन्तरक्रियामा बोल्दै यस्तो बताउनुभएको हो । विश्व विद्यालयका उपकुलपति प्रा.डा. ह्रदयरत्न बज्रचार्यले विश्वविद्यालयले कपिलबस्तुमा आंगिक क्याम्पस र प्राविधिक तहको अध्ययन अध्यापन गराउन…