कपिलवस्तु मङ्सिर ३ ।कपिलवस्तु नगरपालिका ३ तौलिहवामा कोरोना सङ्क्रमित ७० वर्षीय पुरुषको निधन भएको छ । बुधवार बिहान १० बजे युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा उपचारका क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दीर्घ रोगले ग्रसित मृतक कपिलवस्तुका पुराना कानुन व्यवसायी समेत हुन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेका अनुसार…