काठमाडौँ ११ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ । नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जनाएको छ । ‘हाम्रो पार्टीले नेपालीहरुका चाडपर्वहरूका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान…