काठमाडौँ, २७ भदौः प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले यो विषम परिस्थितिमा हिजोको भन्दा उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । जेनजी आन्दोलनपछि पहिलोपटक भिडियो सन्देशमार्फत निर्देशन दिँदै महानिरीक्षक खापुङले पीडाको क्षणमा युगीन जिम्मेवारीमा नियमित प्रहरी कार्यमा हिजोको भन्दा पनि उच्च मनोबलका साथ जुट्न प्रहरी कर्मचारीलाई अनुरोध गर्नुभएको छ । उहाँले सुखदुःखमा…