रौतहट २५ भदौँ । किशोरीलाई ललाइफकाइ भारत लैजाँदै गरेको आरोपमा ६ जना रौतहटबाट पक्राउ परेका छन् । दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरी चौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ता नेतृत्वमा गस्ती टोलीले परोहा नगरपालिका–७ बाट गएराति पक्राउ गरेको हो । बिआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात…