अर्घाखाँची ७ भदौ ,जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत दुई जना स्वास्थ्यकर्मी सहित अर्घाखाँचीमा १२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । मालारानी गाउँपालिका २ जना, भूमिकास्थान नगरपालिकाका ४ जना र सन्धिखर्क नगरपालिकाभित्रका ६ जनामा कोरोना संक्रमण भएको जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले वताउनु भयो । केही दिनअघि भारतबाट आएर पालिकाको क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि…