काठमाडौँ, २४ भदौः सरकारले जेनजी युवाले सोमबार आयोजना गरेको प्रदर्शनमा भएको जनधनको क्षतिको न्यायिक छानबिन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारको प्रदर्शनमा ज्यान गुमाएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै उचित राहत…