बुटवल १ असोज । तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थचौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्यचौकीबाट चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउन थालेपछि महिला उत्साहित भएका छन् । घरमै सुत्केरी हुँदा आमा तथा शिशुको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले नेपाल सरकारले घरमा सुत्केरी हुनेहरुलाई शून्य सङ्ख्यामा झारी स्वास्थ्य संस्थामा सुरक्षित रुपमा प्रसूति गराउन प्रसूति केन्द्र…