कपिलवस्तु १५ असार । प्रदेश नं ५ मा यस वर्ष ४७ दशमलव ०५ प्रतिशत रोपाइँ गरिएको छ । कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ । यस वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलव ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलव ६१ प्रतिशत रोपाइँ भएको…