कास्की, १७ असार । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति र कास्की शाखाले श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीले लामो समयदेखि पारिश्रमिक तथा सेवा सुविधा प्राप्त नगरेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । दुवै संस्थाले मङ्गलबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी न्यूनतम पारिश्रमिक नियमित उपलब्ध गराउन, कुनै पनि वहानामा प्रकाशन÷प्रसारण बन्द नगर्न, पत्रकारलाई निष्कासन नगर्न र बेतलवी…