राजविराज ६ असार । राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी भागेकी छिन्।यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो। अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन्। सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टिनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिए।यादवका अनुसार क्वारेन्टिनमा बसेकाको गन्ती गर्ने क्रममा…