काठमाडौँ २२ जेष्ठ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताउनुभएकोे छ । सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा आज सो सम्बन्धी पत्र लेख्दै राष्ट्रियसभाको बैठकभत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने जानकारी गराउनुभएको हो ।पत्रमा उहाँले मुलुक कोरोना भाइरस सङ्क्रमणको महामारीविरुद्ध लडिरहेको…