पर्वत, १७ भदौविहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ ।गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईपालन गर्ने किसानलाई प्रतिगाई रु २० हजार उपलब्ध गराउने भएको छ । स्थानीय गाई संरक्षण अभियानअन्तर्गत प्रतिसुत्केरी गाई रु दुई हजार ५०० किसानलाई वितरण गरिने भएको प्रमुख प्रशासकीय…