म्याग्दी, १२ भदौः म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा दुई वटा फलफूल चिस्यानगृह निर्माण भएका छन् ।परियोजनाले रु १५ लाखको लागतमा बागलुङ नगरपालिका–१० भकुण्डे र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटमा त्यति नै रकम खर्चेर चिस्यानगृह निर्माण गरेको हो । दुवै चिस्यानगृहमा १० मेट्रिक्टन फलफूल भण्डारण गर्न सकिने परियोजनाका कृषि…