सुर्खेत, ५ भदौ सुर्खेतमा चलिरहेको लोकसेवा आयोगको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई जना सट्टामा परीक्षा दिन आएका र दुई जना अन्यलाई परिक्षा दिन लगाउने चारैजनालाई नियन्त्रणमा लिएको छ । सुर्खेत वीरेन्द्रनगर–७ स्थित लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चार इन्जिनियर प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षा सञ्चालन भइरहेका बेला…