कपिलवस्तु २१ पुस ।नेपालमा लोकतन्त्र चलिरहेको छ कि दलतन्त्र, यस विषयमा पर्याप्त बहस हुनसकेको देखिँदैन । आवरणमा लोकतन्त्र देखिए तापनि यथार्थमा दलतन्त्र हाबी रहेको स्पष्ट छ । साना ठूला सबै दल अस्तित्व र वर्चश्वको सङ्घर्षमा लिप्त देखिन्छन् । ठूला र निरन्तर सत्ताधारी दलहरू वर्चश्व कायम राख्न खेलका नियम बदलेर भए पनि वा उल्लङ्घन गरेर भए…