बाँके, ०३ कार्तिक ।नेपालगन्ज भन्सारले भारतबाट ल्याइएको ८५ हजार किलो चामल गुणस्तरहीन रहेको पाइएपछि भारतमै फिर्ता पठाइदिएको छ । नेपालगन्जका व्यापारीले व्यापार प्रयोजनका लागि ल्याएको उक्त चामलको गुणस्तर परीक्षणका क्रममा गुणस्तर मापदण्डअनुसारको नरहेको पाइएपछि असोज ३० गते भारतमै फिर्ता पठाइएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । नेपालगन्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट मगाएको…