चितवन, २० असोज । चितवनको भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम दशैँमा पनि निरन्तर भइरहेको छ । रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । रङ्गशाला निर्माण कार्य अहिलेसम्म १० प्रतिशत सकिएको छ । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो ।…