काठमाडौँ, ३० साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक कानुनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गरेका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने बिन्दुमा अन्तर्राष्ट्रिय जगतले समेत नियालिरहेको बताए । उनले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर…