कपिलवस्तु, २४ असार। दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते भएका छन् । नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न गएका उनीहरूलाई बाघले झम्टिएको प्रहरीले जनाएको छ । घाइतेहरूमा तुलसीपुर ९ बेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापाका अनुसार उनीहरूलाई बिहान बाघले…