काठमाडौँ, १८ असार । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । बैठकपछि सचिव देवेन्द्र पौडेलले भने, ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरेको…