असार १ ।आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजको किङ्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनायो । उसका रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए । नेपालका कुशल भुर्तेलले चार र दीपेन्द्रसिँह…