प्युठान, १४ जेठ । २०७३ सालमा स्वर्गद्वारी नगरपालिकाको माडी नदीमाथि बनाउन थालिएको पक्की पुल अझै सम्पन्न भएको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीले भिङ्ग्री–जुलुके–नल्सी पक्की पुल निर्माणमा ढिलाइ भएको हो । “पक्की पुल बन्ने भयो भनेर हामी निकै खुसी भएका थियौँ,” स्थानीय शरद विष्टले भन्नुभयो, “तर, यतिका वर्षसम्म पनि पुल निर्माण भएन ।” पुल निर्माण समयमै नहुँदा स्थानीय निराश…