प्रदेश

फ्रिडम फाउन्डेसन कपिलवस्तुले दश जनाको निःशुल्क उपचार 



 कपिलवस्तु, १३ जेठ ।

 फ्रिडम फाउन्डेसन कपिलवस्तुले  जिल्लाका १० जना दुर्व्यसनी कर्ताहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ।  फाउन्डेसनको १५ औ कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बाणगङ्गा वडा न. १, चार नम्बर स्थित संस्थाको सचिवालयमा शनिवार भएको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ ।

जिल्लामा पछिल्लो समय युवायुवतीहरू लागू औषध दुरुपयोग तथा कुलतमा दिनानु दिन फस्दै गैरहेको अवस्थालाई मध्यनजर गर्दै विगत स्थापना काल देखि नै यो सेवा प्रदायक संस्थाले उपचार तथा पुनर्स्थापनाको काम गर्दै आइरहेको छ। 

यसै सन्दर्भमा सामाजिक कार्य अन्तर्गत आजको बैठकले जिल्लाका दश वटा नगरपालिका तथा गाउँ पालिकाहरू बाट १ / १ जना गरि जम्मा १० जना विपन्न परिवारका दुर्व्यसनीहरू लाई सम्बन्धित वडा कार्यलयको सिफारिसमा निःशुल्क उपचार गर्ने महत्वपूर्ण निर्णय गरेको छ। 

साथै आगामि दिनहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिने काम अन्तर्गत यो संख्या अझ बढाएर जाने संस्था का अध्यक्ष हेमन्त थापाले बताइएका छन् ।

प्रकाशित : १३ जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६