रुपन्देही, १६ जेठ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा भैरहवा भन्सार कार्यालयलाई पैठारीकर्ताहरूबाट १ करोड २१ लाख ६६ हजार रुपैयाँ असुल गर्न निर्देशन दिएको छ । महालेखाको प्रतिवेदनमा भैरहवा भन्सार कार्यालयबाट ३ वटा पैठारीकर्ताले भन्सार उपशीर्षकमा तोकिए भन्दा अन्य शीर्षक लगाएर रकम छुट लिएको महालेखाले ठहर गर्दै उक्त रकम असुल गर्न निर्देशन दिएको…