रुपन्देही १५ जेठ । १८ खर्व ६० अर्वको संघीय सरकारले मंगलबार ल्याएको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुराना आयोजनालाई निरन्तरता दिइएको छ भने केहि आकर्षक नयाँ परियोजना शुभारम्भको घोषणा गरिएकोछ । अर्थमन्त्री वर्षमान पुनको आफ्नै प्रदेशमा धेरै नयाँ आयोजना नआएर पुरानै अधिकांश आयोजनालाई निरन्तरता दिइएको हो ।२५६८ औं बुद्ध जयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्ध जन्मस्थलमा आएर…