काठमाडौँ, १५ जेठ । काठमाडौँ उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत र सुरक्षा लगायतका पूर्वाधारका लागि सूचना प्रविधि पार्क बनाइने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले बुटवल र काठमाडौँमा सूचना प्रविधि पार्क बनाउने बताएका हुन्। जसमा ३ वर्षसम्म निशुल्क वर्क स्टेसन बनाइने छ। यस्तै बजेटमा सार्वजनिक निजी साझेदारीमा अत्याधुनिक…