काठमाण्डाै - आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही घोषणामार्फत् प्रत्यक्ष शासन सत्ता आफ्नो हातमा लिएको दिन । आजभन्दा १९ वर्षअघि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट भएको त्यो कदमलाई नेपाली इतिहामा प्रजातन्त्रमाथि ‘कु’ भएको दिनका रुपमा सम्झने गरिन्छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर ज्ञानेन्द्रबाट आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन भएको थियो…