काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । फ्लोर क्रसका कारण महिलातर्फ सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजित हुँदा अन्यतर्फ चुनाव लडेका सिटौला भने निर्वाचित भएका हुन् । प्रदेश सभा सदस्य र पालिकाका प्रमुख–उपप्रमुख मतदाता रहेको निर्वाचनमा सिटौला ५ हजार २९२ मतभार सहित निर्वाचित भए…