खेलकुद

लुम्बिनी १३३ रनमा अल आउट



भैरहवा, ११ माघ । युवा स्पिनर रमेश कुर्मीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि घरेलु टोली लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबललाई १३४ रनको मध्यम लक्ष्य दिएको छ ।

सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी ४१ ओभरमा १३३ रनमा अल आउट भयो । घरेलु टोली लुम्बिनीलाई सस्तैमा रोक्न एपीएफका बायाँ हाते स्पिनर रमेश कुर्मीले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए ।

लुम्बिनीका दिलसाद अलीले ४२ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाए । ओपनर मिर्नल गुरुङले ८८ बलमा ३ चौकासहित ३४ रन जोडे ।

विराट भण्डारी ५१ बलमा ४ चौकासहित २३ रनमा आउट भए । प्रज्जवल थापा ११, मोहम्मद हुसेन ३, कृष्ण कार्की १, शुसान्त थापा २ रनमा आउट भए ।

एपीएफका रमेश बाहेक भुवन कार्कीले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । रोहित पौडेल र श्याम ढकालले १–१ विकेट लिए ।

प्रकाशित : ११ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६