काठमाण्डौ, ०६ माघ । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि मतपत्र छपाई गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ । राष्ट्रिय सभा चुनावका लागि ३८ प्रकारका ६ हजार ९ सय १० थान मतपत्र छपाई गरी पठाएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिनुभयो । राष्ट्रिय सभा…