अन्तर्राष्ट्रिय

मणिपुरमा फेरी हिंसा भड्कियो :सेनाका ३ जवानसहित ८ को मृत्यू



कपिलवस्तु ,५ माघ । भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ। केही महिनादेखि कम भएको जातीय द्वन्द्व फेरि हिंसामा परिणत भएको भारतीय अधिकारीले जनाएका छन् । हिंसामा पाँच सर्वसाधारण र सेनाका तीन जवानसहित आठ जनाको मृत्यु भएको छ।बुधबार तीन प्रहरीको मृत्यु भएको र ६ प्रहरी घाइते भएको क्षेत्रमा त्यसको भोलिपल्ट सेनाका तीन जवान मारिएको जनाइएको छ। सेनासँग भएको झडपमा कयौँ मानिस घाइते भएका छन्। बिहीबार मणिपुरका कयौँ क्षेत्रमा हिंस्रक प्रदर्शन भएको थियो।मणिपुरमा आठ महिनादेखि जातीय द्वन्द्व चलिरहेको छ। यस क्रममा २००भन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजार मानिस विस्थापित भएका छन

प्रकाशित : ५ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६